काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बिहान साढे ११ बजे बस्ने गरी आफ्नो निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।
बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ । नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।
सभापति देउवाले पार्टीको सांगठनिक गतिविधि र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको बुझिएको छ ।
प्रतिक्रिया