एनआईसी एशिया बैंकले ल्यायाे ‘अठोट घर कर्जा’ योजना

एनआईसी एशिया बैंकले ल्यायाे ‘अठोट घर कर्जा’ योजना



काठमाडौं । बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना लाखौं ग्राहकहरू समक्ष ‘अठोट घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।