संसद्‍मा उपप्रधानमन्त्री खड्काले जवाफ दिने

संसद्‍मा उपप्रधानमन्त्री खड्काले जवाफ दिने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय डेढ घण्टा चल्ने सहमति भएको छ । जसमा विभिन्न दलका सांसदहरूले धारणा राख्ने छन् ।

त्यसैगरी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले दलहरूबीच भएको सहमतिबारे सदनलाई जानकारी दिने भएका छन् ।

कार्यव्यस्था परामर्श समितिको बैठकपछि सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले सदनमा उपप्रधानमन्त्री खड्का बोल्ने तय भएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गएको साउन १० गतेबाट सदन अवरोध गर्दै आएको थियाे । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ ।