काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । अर्थ समितिमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।
प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
कांग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समितिमा कांग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।
प्रतिक्रिया