काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना ‘मिलेनियम च्यालेन्स कर्पाेरेशन’ (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् ।
सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अध्यक्ष नेपालले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रुपमा आइरहेको भन्दै त्यसलाई छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने नेपालकाे भनाइ छ ।
उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् ।’
अध्यक्ष नेपालले संयुक्त राष्ट्र सङ्घको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया