एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा

बुधबारदेखि कार्यन्वयको घोषणा हुँदै



काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेको छ ।

नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको हो । उक्त परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।

त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आएका बताइएको छ । एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।

यसपछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ सहमति छ ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो । एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ ।

यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । उनको भ्रमण लगत्तै एमसीसी संसदबाट अनुमोदन भएको थियो । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन् ।