काठमाडौं । बुधबार हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ ।
राप्रपा महामन्त्री भुवन पाठकले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न निर्देशन दिएका छन् । राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।
प्रतिक्रिया