काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ ।
समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ । नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् । यस समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ ।
वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ ।
भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।
भारतको प्लेइङ ११ : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।
प्रतिक्रिया