काठमाडौँ । ड्युटीमा रहेका प्रहरीलाई हातपात र गालीगलौज गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
अभद्र व्यवहारको मुद्दामा फरार रहेका आफ्ना भाइ वीरेन्द्र विकलाई समात्न खोज्दा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग धकेलाधकेल गर्नुका साथै पोशाकसमेत च्यातिदिएर भाइलाई भगाएका थिए।
मुसिकोट नगरपालिका–१ को कालिका मन्दिरनजिकैबाट मंगलबार बिहान प्रहरीले दुवै जनालाई भेट्टाएको थियो। प्रहरीको काममा बाधा पुर्याएपछि वडाध्यक्ष केशरमानलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उनीमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थपेको छ। उनी हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।


प्रतिक्रिया