दक्षिणी ब्राजिलमा भीषण वर्षा: २१ जनाको मृत्यु, सयौं बेपत्ता

दक्षिणी ब्राजिलमा भीषण वर्षा: २१ जनाको मृत्यु, सयौं बेपत्ता


ग्लोब नेपाल
135
Shares

दक्षिणी ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाहुरीमा परी २१ जनाको मृत्यु भएको छ । थप बाढी र आँधी आउन सक्ने भन्दै प्रभावित क्षेत्रका मानिसलाई सचेत गराइएको छ ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यका गभर्नरले यस पटक आएको चक्रवातलाई अहिलेसम्मकै खराब मौसमी प्रकोपका रुपमा व्याख्या गर्नुभएको छ । प्रभावित क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् ।

ब्राजिलको मुकुम शहर चक्रवातका कारण ८५ प्रतिशत डुबेको छ । पाँच हजार जनसंख्या भएको सो शहरका सयौं मानिसलाई घरको घतबाट उद्दार गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडितहरुको सहयोगका लागि संघीय सरकार सदैव तत्पर रहेको बताउनु भयो । ब्राजिलमा झण्डै २४ घन्टा ३ सय मिलिमिटरभन्दा बढी वर्षा भएपछि त्यसले शहरमा बाढी, पहिरो र डुबानको समस्या भएको हो ।

अझै कयौं मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ । आँधी, बाढी र डुबानले मुकुम शहरको अस्तित्व नै समाप्त नामेट भएको बताइएको छ ।