काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सदनमा लैजाने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै, आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
२. संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
३. निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
४. स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
५. चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।
६. संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
प्रतिक्रिया