भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकियाे

भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकियाे



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकिएकाे छ ।

श्रीलङ्काकाे काेलम्बाेमा भइरहेकाे खेल वर्षाका कारण राेकिएकाे हाे । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । यदि आज थप खेल सम्भव नभए भोलि अहिलेकै अवस्थाबाट भारतले खेल्न सुरु गर्ने छ । भारतले १४७/२ बाट खेल्न सुरु गर्छ । यस्तोमा दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन् । तर, भोलि पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ ।

अहिलेसम्म भारत बलियो स्थितिमा छ । ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात दिलाए । त्यसपछि दुवै ओपनरलाई पेभिलियन फर्काएर पाकिस्तानले खेलमा कमब्याक गरेको छ । पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङमा बोलाएको हो । कोलम्बोको पिच ब्याटिङका लागि अनुकुल देखिएको छ ।