काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि बलात्कारको आरोप लागेको छ । हिजो आइतबार उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर त्रिपुरेश्वर पुगेको थियो । पीडितको निवेदन हेरेपछि प्रहरीले उनीहरुलाई कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।
तर महिला सेलले आशिफविरुद्धको उजुरी दर्ता गर्न मानेन । उजुरीमा रित नपुगेको भनी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो । पीडितले रित पु-याएर आज निवेदन दर्ता गर्ने बताइएको छ । रित पु-याएर निवेदन दर्ता गरे आशिफमाथि प्रहरीले अनुसन्धान अगाडि बढाउने समाचारस्रोतको भनाइ छ ।


प्रतिक्रिया