चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुन्छ : प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ । आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो ।’

उनका अनुसार चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए ।

२५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताए । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्नेछन्