काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो लाइनमा बस्नुप-यो । रात्रिभोजभन्दा अगाडि आयोजना हुने भएको कार्यक्रममा सभापति देउवालाई दोस्रो लाइनमा राखिएको थियो ।
पहिलो लाइनमा राष्ट्रपति पौडेल, उनको बायाँपट्टि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, त्यसपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ थिए भने दायाँपट्टि राष्ट्रपति पत्नी र उपराष्ट्रपति रामसाहय यादव बसेका थिए । दोस्रो लाइनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र शेरबहादुर देउवा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु रेखा शर्मा र अशोक राई बसेका थिए ।
उनीहरुलाई पहिलो लाइनमा बस्ने अवसर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले उपलब्ध गराएका हुन् । दोस्रो लाइनपछि तेस्रोमा विदेशी पाहुनालाई राखिएको थियो । कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पनि कार्यक्रममा सहभागी भएनन् । राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलाई आमन्त्रण गरिएको थियो ।


प्रतिक्रिया