मुक्तिनाथ फाउन्डेसनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

मुक्तिनाथ फाउन्डेसनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौँ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

यस अघि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत बृक्षारोण कार्यक्रम गरिसकेको छ ।

दोस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ३८ पोका रगत संकलन गरेको छ । सो कार्यक्रमलाई त्रि.वि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । संस्थाका संचालक नारायण कुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।