काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् ।
महानगरका ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिएका छन् ।
नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ । महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिइसकेका छन् । महानगरले कारबाही गर्ने चेतावनीका बाबजुद उनीहरूले हिजै आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए ।
प्रतिक्रिया