कांग्रेसले गठन गरेको ३७ सदस्यीय कार्यसम्पादन समितिमा को-को परे ?

कांग्रेसले गठन गरेको ३७ सदस्यीय कार्यसम्पादन समितिमा को-को परे ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकबाट कार्यसम्पादन समिति गठन गरिएको हो ।

सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा पदाधिकारीबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङदेम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे समेटिएका छन् ।

अन्य सदस्यहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, बालकुष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना समेटिएका छन् ।