एनआरएनए सह–कोषाध्यक्ष पदमा सीपीको नजर

एनआरएनए सह–कोषाध्यक्ष पदमा सीपीको नजर


ग्लोब नेपाल
243
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालका लागि अमेरिकी निवासी सीपी पौडेलले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आउँदो अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनले सन् २०२३–२०२५ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । पौडेलले उक्त सम्मेलनबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सहयोगका लागि नेपाली समुदायसँग अपिल गरेका छन् ।

पौडेलले भने, ‘एनआरएनएको अभियानमा मलाई नेपाली समुदायबाट जुन किसिमको सहयोग र विश्वास प्राप्त भएको छ त्यसलाई म अमूल्य निधिका रूपमा लिनेछु । प्रवासी नेपालीको समस्यालाई सम्बोधन गरी सामाजिक अभियानलाई निरन्तरता दिने मैले संकल्प बोकेर सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

सबैको जवाफदेही टिम छनौट गर्न अनुरोध गर्दै उनले भनेका भने, ‘एनआरएनएलाई पारदर्शिता, विश्वसनीय र समावेशी निर्माणमा सबैको सहभागिता रहने आशा लिएको छु ।’