नेपाली उद्योगलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड

नेपाली उद्योगलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई भारतको प्रतिष्ठित व्यवासायिक प्रतिष्ठान टाटाले ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड प्रदान गरेको छ । भारतको कोलकातामा आयोजित एक कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई सो अवार्डसहित पुरस्कृत गरेका हुन् ।

स्वस्तिक रोलिङ उद्योगले ‘बजरंग’ ब्रान्डमा टिएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ। स्वातिकका उत्पादनहरु घर निर्माण, ट्रस निर्माण, विद्युत् प्रसारण टावर निर्माण, इन्टरनेट र रेडियो टावर निर्माण, सेड निर्माण, आदिमा प्रयोग हुने गरेको छ ।

टाटा स्टिल भारतको एक प्रमुख ब्रान्ड हो, जसले उच्च गुणस्तरका उत्पादन र कच्चा पदार्थको उत्पादन गर्दछ। स्वस्तिक रोलिङले टाटा स्टिलको स्पन्ज आइरन (कच्चा फलाम) आयत गर्दछ । व्यवसायिक रुपमा जोडिएको एकवर्ष नबित्दै टाटाबाट पुरस्कृत हुनुलाई ठूलो उपलब्धिको रुपमा कम्पनीले लिएको जनाएको छ ।