सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा

सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा



काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहित दलका सचेतक र प्रमुख सचेतक सहभागी छन् ।

यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।

सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ ।

एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।