नेपाल-भारत सीमामा फेरि गोली प्रहार गरी हत्या

नेपाल-भारत सीमामा फेरि गोली प्रहार गरी हत्या


ग्लोब नेपाल
108
Shares

बारा । भारतको सीमा क्षेत्र बाराको पचरौता नगरपालिकामा पूर्वशसस्त्र प्रहरीको हत्या भएको २४ घण्टा बित्न नपाउँदै फेरि भारतीय नागरिक अजितकुमार सिंहको हत्या भएको छ ।

भारत मोतिहारी जिल्ला सुक्लहिया गाउँ-१ बस्ने राम पुकार सिंहको छोरा २२ बर्षिय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।

हिजो मंगलबार साँझ नेपाल–भारत सीमा पचरौता-६ लक्ष्मिनियास्थित रहेको पोखरी नजिक दुई वटा मोटरसाईकलमा आएका समुहले गोली प्रहार गरी भारत प्रवेश गरेका हुन ।

मृतकसँगै निवासी सुजितकुमार सिंह, चञ्चल पाञ्डे, मनिषकुमार सहनी र कामेश्वर सहनी दुईवटा मोटरसाईकलमा नेपाल प्रवेश गरेको र बाईकमा पछाडि बसेका सिंहले निज मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै पुगेको प्रहरीले घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको प्रहरी उपरिक्षक सुरेश काफलेले बताएका छन् ।

एक दिन अघि सोही नजिक पुर्व सशस्त्र प्रहरी स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको हत्या भएको थियो । केही समय अघि मात्र सिम्रौनगढमा एसएसबी जवान बगहा गाउँ निवासी धर्मेन्द्र कुमारको गोली हानी हत्या गरिएको हो ।

सीमा क्षेत्रमा खुलेआम तस्करी हुदै आएको छ । अनगिन्ती मदिरा भट्टी संचालन एकातर्फ छ भने अर्कोतर्फ तस्करीका कारण हत्याको क्रम बढेको छ भने सीमा क्षेत्र असुरक्षित बन्दै आएको छ । खुल्ला सीमाका कारण अपराधिहरुले मोटरसाईकलमा नेपाल आउने र गोली प्रहार गरी भारत छिर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।