काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ ।
अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । आन्तरिक छलफलपछि उनले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् । निर्वाचन अन्तरगत अब चार जना अध्यक्षका उम्मेदवार कायम भएका छन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ । यस बीचमा सहमतिको प्रयास समेत जारी छ ।
निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरिँदै छ ।


प्रतिक्रिया