हाङझाउ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६४ पदकसहित पहिलो स्थानमा रहेको छ ।
चीनले हालसम्म ८८ स्वर्ण, ५० रजत र २६ कास्य पदक हात पारेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २१ स्वर्ण, २२ रजत र ३८ कास्य गरी ८१ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, २९ रजत र त्यति नै कास्य हात पारेर अहिलेसम्म ७६ पदक बटुलेको छ । छ वटा स्वर्ण, ८ वटा रजत र ११ वटा कास्य पदक हासिल गरेर उज्वेकिस्तान चौथो स्थानमा छ ।
प्रतियोगितामा दुई सय ५३ खेलाडी सहभागी गराएको नेपालले भने हालसम्म कुनै पनि पदक जित्न सकेको छैन ।


प्रतिक्रिया