आजको संसद अवरोध हुनसक्ने एमाले चेतावनी

आजको संसद अवरोध हुनसक्ने एमाले चेतावनी


ग्लोब नेपाल
810
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले आज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् । 

‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’ 

‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि (आज)  बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’