अनमोललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अनमोललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन: सोमबार अदालतमा उपस्थित गराउनुपर्छ ।

रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

अनमोलकै कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।