उदयपुर कांग्रेस क्षेत्रीय सभापतिमा खत्री सर्वसम्मत

उदयपुर कांग्रेस क्षेत्रीय सभापतिमा खत्री सर्वसम्मत


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस उदयपुर जिल्ला क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा रामकुमार खत्री सर्वसम्मत भएका छन् । सोही क्षेत्रको प्रदेश उपसभापति ‘क’ मा टेकबहादुर दाहाल, प्रदेशसभा सभापति क्षेत्र नं. २ (ख) मा दुर्गाबहादुर खपाङ्गी मगर, उपसभापतिमा धिरेन्द्र पुलामी मगर र मञ्जेश श्रेष्ठ सर्वसम्मत भएका छन् ।

महासमिति सदस्य खुलामा गोविन्द चाम्लिङ, पार्वती राई, चेतबहादुर मगर (चेतन), पुष्पलाल राई, प्रेमबहादुर थापा क्षेत्री रहेका छन् । यसैगरी महासमिति सदस्य खुला महिलामा सीताकुमारी मगर र सरस्वती ढुंगाना रहेका छन् । यस्तै महासमिति सदस्य खस आर्यमा सञ्जीव थापा, महासमिति सदस्य जनजाति पुरुषमा घनश्याम तामाङ, महासमिति सदस्य जनजाति महिलामा धनकुमारी थापामगर र महासमिति दलितबाट केदारमान रोक्का सर्वसम्मत भएका छन् ।

नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्र नं. २ र प्रदेश सभा ‘क’ र ‘ख’ को विभिन्न पदमा निर्वाचित भइ विविध कारणले उक्त पद रिक्त रहेको थियो । रिक्त पदमा २०८० असोज १३ गते उपनिर्वाचन कार्यक्रमअनुसार ती पदहरुमा सर्वसम्मत भएका हुन् ।