एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।