नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख त्रिशूलीमा हामफाले

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख त्रिशूलीमा हामफाले



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटा सोमबार त्रिशूलीमा हाम फालेका छन् । उनले त्रिशूलीमा हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएकाे छ । उनी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटक दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीकाे भनाइ छ ।

प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हामफालेर आत्महत्या गरेको बुझिएको प्रहरीले बताएको छ ।

देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौंडा उपमहानगरपालिका-२ चौकीटोल हो ।