गीता श्रवण गरे जीवनमा मुक्ति: डा सिके राउत

गीता श्रवण गरे जीवनमा मुक्ति: डा सिके राउत


ग्लोब नेपाल
54
Shares

भक्तपुर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले सो कुरा बताएका हुन् ।

बिशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन । यस्तो पुण्य प्राप्ति गर्ने सु-अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याइ पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन । जसकाकारण  यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन । 

त्यस्तै सम्बोधनको क्रममा नेता राउतले महाराजश्रीले गर्ने यो पुण्यको कार्यमा आफू सधै सहभागी हुने प्रणसमेत गरेका । साउन ११ गतेदेखि सुरु भएको महायज्ञ साउन २७ गतेसम्म सञ्चालन हुँदैछ । महायज्ञको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु, धर्मगुरुहरु आउने कार्यक्रम रहेको जनाइएको छ ।