प्रतिनिधिभा बैठकमा विद्युत् विधेयक पेस

प्रतिनिधिभा बैठकमा विद्युत् विधेयक पेस



काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्युत् विधयक, २०८० पेस भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका हुन् ।

यो विधेयक मंगलबार नै पेस गर्ने कार्यसूची थियो । तर, गणपूरक संख्या नपुगकाले आज पेस गरिएको हो ।

विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि बैठकमा गणपूरक संख्या यकिन गरिएको थियो । एमाले सांसद ठाकुर गैरेले गणपूरक संख्या गणनाको माग गरेपछि गणना गरिएको थियो ।

प्रस्ताव पेस गर्नका लागि आवश्यक पर्ने ६९ सदस्यमध्ये ८१ जना उपस्थित भएपछि पेस गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १९ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।