काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन (शितल निवास) अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका छन् ।
समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले शितल निवास अगाडि विरोध प्रदर्शन गरेको हो ।
समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गरेको छ । विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहने थियो ।


प्रतिक्रिया