सुन्धाराको होटलमा एक युवती मृत भेटिइन्

सुन्धाराको होटलमा एक युवती मृत भेटिइन्



काठमाडौं । काठमाडौंको सुन्धारास्‍थित होटलमा एक जना युवती मृत फेला परेकी छन् ।

सोमबार काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित श्री गुरुङ गेष्ट हाउसमा ललितपुर इमाडोल बस्ने २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् ।

उनी उक्त होटलमा असोज ८ गतेदेखि बस्दै आएकी थिइन् ।

प्रेमीसँगै होटलमा बस्दै आएकी उनी मृत फेला परेकी प्रहरीले जानकारी दिएकाे छ । राउतका प्रेमी आइतबार बिहान होटलमा तिर्नका लागि पैसा लिन गएको र सोमबार बिहान आउँदा कोठा भित्रबाट चुक्कल लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।

प्रहरीका अनुसार उनको कोठाबाट विषको बोतलसमेत फेला परेको छ ।

प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।