काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘सरकारले महँगी नियन्त्रण गर्न सकेन । जनतामा आशा छैन । सडकका खाल्डाखुल्डी पनि पुरिएन ।’
सामाजिक सञ्जाल टिकटक, फेसबुकको माध्यमबाट ठगी हुने गरेको उनले बताए । सामाजिक सञ्जालको विज्ञापन गर्ने र सामान किन भन्ने अनि अनलाइनबाट पैसा भुक्तानी गरेपछि सामान पनि नदिने र एकाउन्ट बन्द गर्ने प्रवृत्ति बढेको भन्दै नियन्त्रण गर्न उनले माग गरे ।


प्रतिक्रिया