प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी

प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी



धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्ष चर्काउने बताएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै सडक संघर्ष चर्काउने बताएका हुन् ।

छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी दिए ।

‘मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ । म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ’, चुनौती दिँदै उनले भने, ‘परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् । तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।’

जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दिँदै उनले त्यसकै तयारीमा जुट्न आग्रह गरे ।