विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भोलि कात्तिक १ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ । कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिने तयारी गरेका हुन् ।


प्रतिक्रिया