विश्वकप छनोट : लाओसविरुद्ध नेपाललाई अग्रता

विश्वकप छनोट : लाओसविरुद्ध नेपाललाई अग्रता



काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे ।

यसअघि पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ हुन सकेको थिएन ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले नेपालले यो अग्रता जोगाउन सके २-१ को नतिजामा विजयी हुँदै दोस्रो चरणमा पुग्नेछ ।