सोमपालले लिए यूएईको पहिलो विकेट

सोमपालले लिए यूएईको पहिलो विकेट



काठमाडौं । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ । नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए ।

सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।

शृंखलामा नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ६ मा यूएईसँग खेल्नेछ ।