काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो ।
यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।
५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धसतकीय साझेदारी गरेका हुन् । नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे । करनले चार ओभरमा केवल १९ रन खर्चिए ।
विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । शृंखलामा नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ६ मा यूएईसँग खेल्नेछ ।


प्रतिक्रिया