त्रिकोणात्मक श्रृखला : यूएईलाई हराउँदै नेपालको सुखद सुरुवात

त्रिकोणात्मक श्रृखला : यूएईलाई हराउँदै नेपालको सुखद सुरुवात



काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अभिनास बोहोराले समान १–१ विकेट लिए ।