काठमाडौं । सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले चीनमा हृदयघात भएपछि बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेकाे र डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्नेछ ।
प्रतिक्रिया