उपचाररत पाइलट सेढाईंको मृत्यु

उपचाररत पाइलट सेढाईंको मृत्यु


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । मनाङ एयरका उपचाररत पाइलट प्रकाशकुमार सेढाईंको मृत्यु भएको छ। गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारका क्रममा मृत्यु भएको हो।

उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँबाट नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका लागी लागिएको थियो।

नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत उनको मङ्गलवार निधन भएको मनाङ एयरले सूचनामा भनेको छ। यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७:१३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।