काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध दोस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाविरुद्ध नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे ।
अर्को ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो। सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए ।
मलेसियाले पावरप्ले (६ ओभर) मा १ विकेटको क्षतिमा ६० रन जोड्न सफल भयो ।
समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ ।
प्रतिक्रिया