२०३४ को विश्वकप फुटबल साउदी अरबले आयोजना गर्ने

२०३४ को विश्वकप फुटबल साउदी अरबले आयोजना गर्ने



काठमाडौं । २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरबले आयोजना गर्ने भएको छ । फिफाले यसअघि नै २०३४ को विश्वकप एसिया वा ओसियन मुलुकमा गर्ने बताएको थियो । जसअनुसार साउदी र अस्ट्रेलिया त्यसका दाबेदार थिए ।

तर, दाबी प्रस्तुत गर्ने अन्तिम दिन मंगलबार अस्ट्रेलियाले दाबी नगर्ने बताएसँगै अब साउदीले विश्वकप आयोजना गर्ने पक्का भएको हो ।

२०२६ को विश्वकप फुटबल क्यानडा र अमेरिकाले आयोजना गर्दै छन् भने २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले आयोजना गर्ने छन् ।