हकप्रद सेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो

हकप्रद सेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो



कठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले  आउँदो मंसिर १० गतेदेखि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ३ कात्तिकमा  बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।