सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । 

हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको बैठकले सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।