काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

नेपाल बसाइको क्रममा उनले बुधबारदेखि प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।