एनआईसी एशिया ग्रोथ फण्ड-२ को बिक्री खुला , आवेदन दिन सकिने

एनआईसी एशिया ग्रोथ फण्ड-२ को बिक्री खुला , आवेदन दिन सकिने



काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज अर्थात मंसिर ४ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ निष्काशनमा ल्याएको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

७ वर्ष अवधिको बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्ड-२ को निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिने छ भने न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने छ ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।