पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमालेमा प्रवेश

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमालेमा प्रवेश



पर्सा । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पर्सामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका पूर्वसांसदसमेत रहेका रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् । रौनियार २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तर, विवादास्पद पप्पु कन्स्ट्रक्सनका सञ्चालक भएकाले ठेक्कामा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेपछि रौनियार निलम्बित भएका थिए । पर्सा ३ बाट निर्वाचित भएर कार्यकालभर निलम्बित भएका रौनियार राजनीतिमा सक्रिय हुनकै लागि कागजी रूपमा पप्पु कन्स्ट्रक्सनबाट अलग भएका छन् ।