किन रोकियो भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता

किन रोकियो भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । एपी–१ एचडी टेलिभिजनमा प्रशारण हुँदै आएको भूषण दाहालको संवाद कार्यक्रम व्यवस्थापनले रोकिदिएको छ । कान्तिपुर टेलिभिजन छोडेपछि ‘फायर साइड’ बन्द गरेर दाहालले एपी–१ टेलिभिजनमा अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनको अन्तर्वार्ता कार्यक्रम एपी–१ ले प्रत्येक बुधबार साँझ ८ बजे प्रशारण गर्दै आएको थियो ।

अन्तर्वार्ताकार दाहालले सामाजिक सञ्जाल एक्समा लेख्छन्, ‘३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’

उक्त रेकर्डेड भिडियो ‘साझा कथा’ युट्युब च्यानलबाट साँझ ८ बजे सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल एक्समा भुषण दाहालले राखेको उक्त सामाग्री यो समाचार तयार पर्दासम्म डेढ लाखले हेरेका छन् भने २१४ वटा प्रतिक्रिया प्राप्त भएको छ ।

अन्तर्वार्ताको हाइलाइटमा दुर्गा प्रसाईले भनेका छन्, ‘यो देशमा राजा को हुन्छ मलाई थाहा छैन, यो देशमा प्रधानमन्त्री को हुन्छ मलाई थाहा छैन, तर यो देशको परिवर्तन हुन्छ । विदेशमा गएको ५० लाख युवा यो देशमा फर्किनुपर्छ । लघु वित्त, सहकारी र बैंक राष्ट्रियकरण हुनुपर्छ । र, २० लाखमुनीको ऋण मिनाहा हुनुपर्छ । देशमा दिनदिनै आत्महत्या गर्ने र शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति अन्त्य हुनुपर्छ । गरिबीको कारणले विखण्डित परिवार अब एकै ठाउँ हुनुपर्छ । परिवार बसेर एक छाक भए पनि भात खान पाउनुपर्छ । मेरो अभियान त्यो हो । मेरो विद्रोह हो त्यो ।’

संसदमा वेथिति बढ्यो, त्यसलाई नियन्त्रण गर्न हम्मरको आवश्यकता थियो ? भन्ने भुषणको प्रश्नमा दुर्गाले भने, ‘त्यो हम्मर भनेकै दुर्गा प्रसाई हो।’